ओलीको सम्बोधन सुन्न बन्द सत्रको मञ्चमा ईश्वर मात्रै, आकाङ्क्षीलाई भने' हतार नगरौँ अन्त नि मौका आउँछ'

ओलीको सम्बोधन सुन्न बन्द सत्रको मञ्चमा ईश्वर मात्रै, आकाङ्क्षीलाई भने' हतार नगरौँ अन्त नि मौका आउँछ'

चितवन : एमालेको १० औँ महाधिवेशनको बन्द सत्रमा एकताबद्ध भएर जान पार्टी अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्दा मञ्चमा ईश्वर पोखरेल मात्र बसे। अन्य पाहुनाहरू बिदा भएर हिँडे। अन्य पदाधिकारी मञ्चमा छैनन्।

पदाधिकारीका आकाङ्क्षी अधिकांश नेताहरू बन्द सत्र बाहिरै छन्। ओलीले महाधिवेशन अगाडि नै अधिवेशनहरूमा सहमतिको आधारमा नेतृत्व छान्ने भने पनि अन्तमा उनकै समूहमा समेत पदाधिकारीमा २ समूह बनेपछि समस्यामा परेका उनले बन्द सत्रमा 'पार्टीको एकतामा खलल पार्ने कामहरू नगरौँ' भन्दै आग्रह गरे।

पदाधिकारीका आकांक्षीहरुलाई फकाउँदै उनले भने' फेरि पनि पालो आउँछ। पालिका, प्रदेश, राष्ट्रिय सभा आउँदैछन्। अनेक विभिन्न ठाउँहरू छँदैछन। अहिले नआए अर्को पाली आउँछ। हतार नगरौँ।'

उनले लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धाबाट नेतृत्व छान्ने मात्र रूपमा नबुझ्न आग्रह समेत गरेका थिए। उनले बलिदानका साथ उपलब्धि हासिल गरेको भन्दै बलिदानमा गर्व गर्न आग्रह गरे। उनले भने' अस्वस्थ प्रतिस्पर्धा गर्ने नगरौँ।'

उनले पटक-पटक सर्वसम्मत नेतृत्वका लागि आग्रह गरिरहे। प्रतिस्पर्धालाई उनले अस्वस्थ भन्दै भने' एउटै झिँगो पर्यो भने पनि बिग्रियो नि। एक जनाले मात्र अस्वस्थ प्रतिस्पर्धा गरियो भने पार्टी बदनाम हुन्छ।'

उनले मङ्सिर देखी तीन महिना पार्टी प्रवेशको महिनाको रूपमा अगाडि बढाउने अभियान चलाउन निर्देशन बन्द सत्रमा सहभागीहरूलाई छाती ठुलो बनाएर सबैलाई विश्वासको वातावरण बनाउन आग्रह गरे।

मंसिर ११, २०७८ शनिबार १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।