कांग्रेसको महाधिवेशन प्रचार समितिमा थपिए सदस्य
काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको आसन्न चौधौँ महाधिवेशन प्रचार प्रसार समितिलाई पूर्णता दिएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित १४ औँ महाधिवेशन प्रचार प्रसार समितिलाई आज शनिबार पूर्णता दिएको कांग्रेस पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।
समितिको सदस्यमा जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेक प्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई मनोनीत गरिएको शर्माले विज्ञप्ति निकालेर जानकारी दिएका हुन्।
समितिमा सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरू र भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू सदस्य रहनेछन्।
नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू, नेपाल प्रेस युनियनका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूलाई कांग्रेसले प्रचार समितिको सदस्यमा राखेको छ।
यस्तै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरू, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू र काठमाडौँ स्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू समितिको सदस्य रहेनछन्।
मंसिर ११, २०७८ शनिबार १८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।