बन्द सत्रमा ओलीको निर्देशन : छेउछाउमा चुपचाप बनाउनु
चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा छेउछाउमा चुपचाप लगाउने बनाउन निर्देशन दिएका छन्। १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै ओलीले छेउछाउमा चुपचाप लगाउने बनाउन स्वयंसेवकलाई निर्देशन दिएका हुन्।
‘छलफल अलि बढी भयो,’बन्द सत्रमा सहभागीले गरेको साइड कुराकानी तिर देखाउँदै ओलीले स्वयंसेवकलाई भने,‘छेउछाउमा चुपचाप लाग्ने बनाउनु।’
ओलीले कार्यकर्ताको साथ पाएकोमा खुसी व्यक्त गरे। ‘तपाईँहरूको साथ नपाएको भए बेहाल हुन्थ्यो,’ओलीले भने,‘यो साथ पाउँदा मलाई खुसी लाग्छ।’
नेकपा माओवादी केन्द्रको नाम नलिई ओलीले एमालेको नक्कल गरेर वडा सम्मेलन भइरहेको भन्दै व्यङ्ग्य समेत गरे। उनले झापामा गएर पार्टीको महाधिवेशन गर्न अरू दललाई चुनौती पनि दिए।
‘एमालेबाट सिक्दै गए, वडा सम्मेलन भनेको सुन्छु,’ओलीले भने,‘नक्कल गर्न सकिन्छ तर त्यसैगरी प्रस्तुत हुन सकिँदैन।’ उनले अग्लो मान्छेबाट धेरै सिक्न सकिए पनि उचाइ त्यति नै बनाउन नसक्ने बताए।
विदेशी पाहुनालाई बन्द सत्रको मञ्चमा राखेर सम्बोधन गरेका ओलीले विदेशी तत्त्वका कारण आफू नेतृत्वको सरकार हटेको बताए।
मंसिर ११, २०७८ शनिबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।