कोशी नदीमा हाम फालेका मोरङका स्वास्थ्यकर्मीको मृत्यु
फाइल तस्बिर
सप्तरी : कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
कोशी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा अहेवको रूपमा कार्यरत सुभाष नेपाल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
झापा दमक नगरपालिकाका नेपालको मृत शरीर शनिबार दिउँसो साढे २ बजे फेला परेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए।
काफ्लेका अनुसार प्रहरीले लाश जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य भइराखेको छ।
मंसिर ११, २०७८ शनिबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।