एमालेको सर्वसम्मत अध्यक्ष बन्ने ओली रणनीतिमा व्यापारी प्रसाईँको इन्ट्री

एमालेको सर्वसम्मत अध्यक्ष बन्ने ओली रणनीतिमा व्यापारी प्रसाईँको इन्ट्री

चितवन : एक महिना अगाडि मात्रै नेकपा एमालेमा प्रवेश गरेका मेडिकल शिक्षाका व्यापारी दुर्गा प्रसाईँले केपी ओलीलाई अध्यक्षमा चयन गर्न लबिङ गरेका छन्।

चितवनको सौराहामा रहेको सेभेन स्टार होटेलमा बन्द सत्र सुरु हुनु अगाडि पुगेका प्रसाईँले ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्न लबिङ गरेका हुन्। 

प्रसाईँले कार्तिक ७ गते एमालेले झापामा गरेको कार्यक्रममा एमाले नेताको रूपमा भाषण गरेका थिए। एमाले नेताको रूपमा भाषण गरेका प्रसाईँले केपी ओली आफ्नो हजुरबा भनेर चिनाएका थिए। 

उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएकाले सर्वसम्मत अध्यक्ष चयन हुने ओलीले प्रयास जारी राख्दा ६ घण्टापछि मात्रै एमाले महाधिवेशनको बन्द सत्र सुरु भएको छ। 

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान कायमै राखे पनि एमालेको सर्वसम्मत अध्यक्ष बन्ने ओलीको प्रयास भने जारी नै छ। ओलीलाई अध्यक्षमा सर्वसम्मत गराउन व्यवसायी प्रसाईँ महाधिवेशन स्थलमा ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्ने नारा लगाइरहेका थिए।

मंसिर ११, २०७८ शनिबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।