बारामा ट्रक र बस जुध्दा ९ जना घाइते
बाराः जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-२१ मा आज बिहान भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन्। पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको ना७ख ०३ नम्बरको डब्बा ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा३ख ८३८२ नम्बरको बस आज बिहान साढे ६ बजे एकापसमा ठोकिएका थिए।
दुई वटा सवारी जुध्दा बिग्रिएर सडक छेउमा रोकिराखेको ग१ख ५४१६ नम्बरको ट्रक समेत दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका बस चालक सहित बसमा सवार ९ जनालाई उपचारका लागि अल्पाईन अस्पताल सिमरा लगिएको छ। तीन वटै सवारी साधन सहित डब्बा ट्रकका चालकलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ।
मंसिर ११, २०७८ शनिबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।