बहुविवाह मुद्दामा फरार महिला पक्राउ

बहुविवाह मुद्दामा फरार महिला पक्राउ

सुर्खेतः कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ। प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार बराहताल गाउँपालिका–१०की ३० वर्षीया लक्ष्मी सारुलाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा सारुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतको आदेशले रु एक हजारसहित एक वर्ष ६ महिना कैद सजाय सुनाएपछि उनी फरार थिइन्।

पक्राउ परेकी सारुलाई शुक्रबार नै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

 

मंसिर ११, २०७८ शनिबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।