'सर्वसम्मत हुनैपर्छ' भन्दै महोत्तरीका महाधिवेशन प्रतिनिधि नारावाजीमा
चितवनः नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका महोत्तरी जिल्लाका महाधिवेशन प्रतिनिधिले बन्दसत्रस्थलबाहिर नारावाजी गरेका छन्। नयाँ नेतृत्त्व सर्वसम्मत चयन हुनुपर्ने भन्दै उनीहरूले नारावाजी गरेका हुन्।
हाल एमालेको महाधिवेशनमा अध्यक्षसहितका अन्य पदमा एकभन्दा बढी आकांक्षी भएपछि सर्वसम्मत नेतृत्त्व चयन हुने सम्भावना टर्दै गएको छ।
महोत्तरी जिल्लाबाट आएका सरोज यादव, रेखा झा, जितेन्द्र पाशवान, कालिदा अन्सारीलगायतका नेताहरूले सर्वसम्मत नेतृत्त्व चयन हुनुपर्ने भन्दै नारावाजी गरेका हुन्।
मंसिर ११, २०७८ शनिबार १०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।