एमाले महाधिवेशन: पदाधिकारी व्यवस्थापनका लागि शीर्ष नेताहरू बैठकमा

एमाले महाधिवेशन: पदाधिकारी व्यवस्थापनका लागि शीर्ष नेताहरू बैठकमा

चितवनः नेकपा एमालेको जारी १०औं राष्ट्रिय महाधिवेशनको दोश्रो दिन नेताहरू बिहानैदेखि बैठकमा छन्। केहीबेरपछि सुरु हुने बन्द सत्रअघि नै नेताहरू पदाधिकारी व्यवस्थापन गर्ने भन्दै बैठकमा बसेका हुन्।

हिजो बसेको हालको केन्द्रीय कमिटीको अन्तिम बैठकले विभिन्न पदाधिकारी थप गर्ने निर्णय गरेसँगै एमालेमा नेताहरूको व्यवस्थापन हुने देखिएको छ। यद्यपि आज बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी तथा फिर्ताको समय रहेको र पदाधिकारीका आकांक्षी पनि बढी भएकाले एमालेमा नेता व्यवस्थापन चुनौतिपूर्ण बनेको छ।

यता अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

मंसिर ११, २०७८ शनिबार ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।