कांग्रेस अधिवेशन: स्याङ्जाको सभापतिमा थापा विजयी

कांग्रेस अधिवेशन: स्याङ्जाको सभापतिमा थापा विजयी

स्याङ्जाः नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन्।

थापाका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे।

विजयी थापा संविधान सभाका पनि सदस्य रहिसकेका छन्। मल्ल भने स्याङ्जा क्षेत्र नं २ प्रदेश (ख) का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन्। उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक÷एक जना निर्वाचित भएका छन्।

मंसिर ११, २०७८ शनिबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।