आज माओवादी केन्द्रको पालिका सम्मेलन, प्रदेशका प्रतिनिधि चयन गरिने

आज माओवादी केन्द्रको पालिका सम्मेलन, प्रदेशका प्रतिनिधि चयन गरिने

काठमाडौंः आज नेकपा माओवादी केन्द्रको पालिका सम्मेलन हुने भएको छ। देशका ७५३ वटै स्थानीय तहमा माओवादीको पालिका सम्मेलन हुने भएको हो।

सम्मेलनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले दिउँसो १ बजे भर्चुअल रूपमा सम्बोधन गर्नेछन्। आजै माओवादीको  सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ। जसअनुसार आज कुल ७७६ वटा पालिका स्तरिय सम्मेलन हुनेछ।

माओवादीको पालिका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि चयन गर्ने बताइएको छ। प्रदेश सम्मेलन मङ्सिर २५ गतेका लागि तय गरिएको छ।

यस्तै ११, १२ र १३ पुसमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुने तालिका रहेको छ।

मंसिर ११, २०७८ शनिबार ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।