एमाले महाधिवेशनको दोश्रो दिन: आज बन्दसत्र

एमाले महाधिवेशनको दोश्रो दिन: आज बन्दसत्र

चितवनः नेकपा एमालेको १०औं महाधिवेशनको आज दोश्रो दिन बन्दसत्र हुँदैछ। बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुँदैछ।

हिजोबाट सुरु भएको एमालेको महाधिवेशन भोलिसम्म हुने कार्यक्रम छ। उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिती थियो।

आज बिहान १० बजेबाट बन्दसत्र आयोजना हुनेछ।

यस्तै हिजो मध्यरातमा सम्पन्न एमालेको हालको कमिटीको अन्तिम बैठकले पदाधिकारी थप समेत गरेको थियो। हालका अध्यक्ष केपी शर्मा ओलीकै समूह विभाजित हुने भएपछि पदाधिकारी सङ्ख्या थप गरिएको हो।

मंसिर ११, २०७८ शनिबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।