एमाले कार्यकर्ता गैँडाकोटमै रोकिए
चितवन : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी भएर फर्केका कार्यकर्ता नवलपरासीको गैँडाकोटमा रोकिएका छन्।
पश्चिम जाने सवारी साधन गैँडाकोटमा रोकिएपछि सवारी साधनको लामो जाम भएको छ।
महाधिवेशन सकेर फर्केकाहरू चढेका गाडीको जाम खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

एमालेको महाधिवेशनका लागि देशका विभिन्न ठाउँबाट चितवन पुगेका कार्यकर्ताहरू फर्किरहेका छन्।

महाधिवेशन प्रतिनिधि बाहेकका कार्यकर्तालाई एमालेले महाधिवेशन उद्घाटन सत्रका लागि मात्रै उतारेको थियो।
मंसिर १०, २०७८ शुक्रबार २१:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।