इच्छाराज विरुद्धको प्रहरी अनुसन्धान सकियो, ८ वर्ष कैद र ५ अर्ब जरिवानाको राय

इच्छाराज विरुद्धको प्रहरी अनुसन्धान सकियो, ८ वर्ष कैद र ५ अर्ब जरिवानाको राय

काठमाडौँ : सिभिल सहकारी मार्फत बचतकर्ताको रकम ठगी गरेको आरोपमा हिरासतमा रहेका इच्छाराज तामाङसहित १२ जना विरुद्धको अनुसन्धान प्रहरीले सक्काएको छ।

शुक्रवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धानको प्रस्तावित राय सुझाव पठाएको छ। प्रहरीले पठाएको रायमा ८ वर्ष कैद र ५ अर्ब ५९ करोड रुपैयाँ बराबरको जरिवानाको माग गर्न सुझाव दिइएको छ।

ब्युरोमा एक हजार ४ सय ८७ जनाले तामाङसहितलाई ठगी विरुद्ध जाहेरी दिएका थिए। प्रहरी प्रतिवेदन अनुसार तामाङसहित १२ जना पक्राउ परे पनि यसमा जोडिएका अन्य २४ जना फरार छन्।

प्रहरीको प्रतिवेदनको आधारमा सरकारी वकिलले अभियोग पत्र बनाएर अदालतमा मुद्दा दर्ता गर्नेछन्।

मंसिर १०, २०७८ शुक्रबार २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।