सेलिब्रिटीको अमेरिका मोह : मोडल रेश्माले पनि अमेरिका बस्ने युवकसँग विवाह गर्दै

सेलिब्रिटीको अमेरिका मोह : मोडल रेश्माले पनि अमेरिका बस्ने युवकसँग विवाह गर्दै

काठमाडौँ : एक साता पनि भएको छैन अमेरिका निवासी इन्जिनियर निर्माण सिटौलासँग विवाह गरिन् गायिका प्रविशा अधिकारीले।

सामाजिक सञ्जालमा भएको भेट परिवारसम्म पुग्दा दुवैको लगन जुरेपछि गत शनिवार भव्य समारोहकाविच झापामै दुवै जनाको विवाह भयो। निर्माण अमेरिकामै बस्दै आएका छन्।

फेरि अर्की सेलिब्रिटीले पनि अमेरिका बस्ने नेपाली युवालाई नै आफ्नै श्रीमान् बनाउने तयारी गरेकी छिन्। उनी हुन् टिकटकबाट उदाएर मोडल बनेकी रेश्मा घिमिरे।

नर्स रहेकी उनले मङ्सिर १४ गते अमेरिकामा चिकित्सा सम्बन्धी अध्ययन गरिरहेका प्रभात बाबुसँग विवाह गर्ने भएकी छिन्। यी दुवैको इन्गेजमेन्ट भएको भने एक वर्ष भयो।

रेश्माले गत वर्षको मङ्सिर १८ मा प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन्। विराटनगरको रत्ना होटेलमा दुवैको इन्गेजमेन्ट भएको थियो। यी दुबैबिच तीन वर्ष अगाडि चिनजान भएको थियो। चिनजान प्रेममा बदलियो र अब यी दुवै श्रीमान्-श्रीमती हुँदैछन्।

विवाह भने परिवारको सल्लाहमा हुन लागेको हो। यी दुवैको विवाह विराटनगरबाट हुँदैछ। 

मंसिर १०, २०७८ शुक्रबार १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।