बले र प्रिज्माको ब्रेकअप !
यी दुवै म्युजिक भिडियोहरूमा सँगै देखिन थाले सँगै यी दुवैको प्रेम सम्बन्धको चर्चा पनि बाक्लियो। तर उनीहरूले न आफ्नो सम्बन्ध हो भनेर खुलाए न हैन भनेर नै अस्वीकार गरे।
यो दर्शकहरूको माया हो भनेजस्ता पाल्छि जवाफ दिएर टारिरहे। बिचमा दुवै विवाहका लागि सहमत भएकोसम्म चर्चाहरू आएका थिए। तर अहिले आएर एकाएक यी दुवैको सम्बन्धमा ब्रेक लागेको चर्चा सुरु भएको छ।
यसको एक कारण सामाजिक सञ्जालमा प्राय यी दुवै सँगै देखिने गरेका थिए। धेरै भयो दुवैले सँगै भएको भिडियो पोस्ट गरेका छैनन्। अर्को पहिला सम्बन्धबारे त्यति प्रस्ट नखुलेकी प्रिज्मा अब खुल्न थालेकी छिन्।
उनले आफूले बलेलाई सधैँ सर भन्ने गरेको भन्दै प्रेम सम्बन्ध नभएको तर्क गरिरहेकी छिन्।
प्रेम थियो कि थिएन यी दुवै जानुन्। तर यी दुवैको राम्रो जोडी भन्दै बधाई दिएकी अर्की कलाकार मुन्नीको बधाई भने खेर जाने पक्का भयो।
मंसिर १०, २०७८ शुक्रबार १६:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।