देउवातिर हेर्दै ओलीले भने : मेरा खुट्टा तान्नेहरू अहिले उहाँको खुट्टा समातेर बसेका छन्, काम गर्न ग्राहै होला
उनले कार्यक्रममा गोप्य कुरा खुलाएझैँ भने' गोपनीयता खुलाउँ ? प्रधानमन्त्रीजीले सुन्नुभए पनि सुन्नुहोस्। आउँदो चुनावपछि एमालेले बहुमतको सरकार बनाउँछ।'
अबको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै उनले अबको स्थानीय निकायको निर्वाचनमा ४० प्रतिशत नभई ५० प्रतिशतभन्दा बढी प्रतिनिधि जित्ने दाबी गरे। उनले अन्य दलको जस्तो एमालेको चुनाव चिन्हमा कुनै समस्या नरहेको भन्दै भने' अध्यारोपबाट उज्यालोतिर लैजाने सूर्य बोक्न कसैलाई गाह्रो छैन।'
उनले एमालेको चुनाव चिन्हबारे व्याख्या गर्दै गायत्री मन्त्रको उच्चारण गरेका थिए। उनले एमाले विरुद्ध कसैले बाण हाने चुनाव चिन्ह सूर्यले रोक्ने दाबी गरेका थिए। उनले हँसिया हथौडा बोकेर वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको भन्दै भने' कतिले हँसिया हथौडा छाडिसके। उनीहरूले किन छाड्दैनन् ?'
मंसिर १०, २०७८ शुक्रबार १५:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।