नारायणी किनारमा ओलीले भने : लोकतन्त्र जोगाउन एमालेले एकल बहुमत ल्याउनुपर्छ
उनले एमालेले बलिदान र सङ्घर्षको ७२ वर्ष पुरा गरेको बताएका छन्। बेलाबेला समस्या आए पनि एमाले सफलताका साथ अगाडि बढिरहेको बताए। उनले एमाले मुलुकको सबैभन्दा ठुलो पार्टी भएको दाबी समेत गरे।
'उग्र वामपन्थ हैन व्यवहारिक ढङ्गले अग्रगामी परिवर्तनका लागि नीतिहरू बनाएर व्यवहारमा कार्यान्वयन गर्ने पार्टीको १० औँ महाधिवेशन भइरहेको छ' ओलीले भने।
जनता उत्साहजनक अवस्थामा महाधिवेशनमा सहभागी भएको बताए। सबैले एमालेको १० औँ महाधिवेशनलाई चासोका साथ हेरेको भन्दै पार्टीका कार्यकर्ताहरूलाई भने' तपाईँहरूले पठाउनु भएको प्रतिनिधि गैर जिम्मेवार छैनन्। अत्यन्त जिम्मेवार छन्।'
अन्य राजनीतिक दलहरू जनताका बिचमा जानबाट अन्य दल डराएको र रोकिएको बताउँदै कुनै न कुनै समयमा चुनाव आउने बताउँदै उनले अब एमाले चुनाव र जनमतको तयारीमा जाने बताए। उनले भने' परमादेशबाट सरकार फेरिने जस्ता अस्वस्थ र असंवैधानिक प्रक्रियातिर नजाउन्।'
उनले देशका लागि एमालेको एकल जनमत ल्याउनुपर्ने चुनौती रहेको बताए। उनले लोकतन्त्रको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने चुनौती रहेको बताए।
मंसिर १०, २०७८ शुक्रबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।