प्रचण्डको प्रतिनिधि बनेर एमाले महाधिवेशनमा गएका लीलामणिले भने : कार्य व्यस्तताले आउन पाउनु भएन

प्रचण्डको प्रतिनिधि बनेर एमाले महाधिवेशनमा गएका लीलामणिले भने : कार्य व्यस्तताले आउन पाउनु भएन

उनले प्रचण्ड कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेको भन्दै तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माले,मसाले र मण्डले एकै हुन् भने पनि पछि कम्युनिस्ट दलहरूसँग सहकार्य गरेर गणतन्त्र आएको बताएका थिए।

उनले कम्युनिस्ट दलहरू बलियो हुँदाहुँदै विवेक कतै अलमलिएको भन्दै तत्काल जितेको देखिए पनि समाजवाद ल्याउने अभियान अलमलिएको बताए। उनले एक्लै कुनै दलले पनि परिवर्तन गर्न नसक्ने बताए। उनले माक्सबाद अकाट्य समाज विज्ञान रहेको विश्वास मात्र नभएको बताए।

जतिसुकै तिक्तता भए पनि राष्ट्र विकासमा मतभिन्नता हुन नहुने बताए। उनले विचार व्यवहारको समस्या रहेको भन्दै सबैले सहकार्यका लागि तयार हुनुपर्ने बताए।

मंसिर १०, २०७८ शुक्रबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।