बार पदाधिकारीलाई प्रधानमन्त्रीको आश्वासन, एक-दुई दिनमै निकास

बार पदाधिकारीलाई प्रधानमन्त्रीको आश्वासन, एक-दुई दिनमै निकास

काठमाडौंः नेपाल बार एसोसिएसनका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। सर्वाेच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरूले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

प्रधानमन्त्री देउवाले बारका पदाधिकारीले राखेको विषयलाई गम्भीरतापूर्वक लिएको बताए। उनले सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक/दुई दिनमा नै निकासको पहल गरिने बताए।

मंसिर १०, २०७८ शुक्रबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।