नम्बर नखुलेको सवारीले ठक्कर दिँदा मृत्यु, मृतकको सनाखत हुन बाँकी
बाँकेः जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-२० मनिकापुरमा गए राति भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम थर ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन्।
गम्भीर घाइते अवस्थामा फेला पारी उनलाई उपचारको लागि भेरी अस्पताल नेपालगञ्ज पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
गए राति साढे २ बजे नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारी साधनले उनलाई ठक्कर दिएको थियो। दुर्घटनापश्चात् फरार रहेका सवारी साधनसहित चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
मंसिर १०, २०७८ शुक्रबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।