ट्याक्टरमा च्यापिएर चालकको मृत्यु
धनुषाः ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ। बालुवा लोड गरेको ट्याक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतोको मृत्यु भएको हो।
लोड गरिएको बालुवा झार्ने क्रममा ज१त ४१७२ नम्बरको ट्याक्टरको अचानक इन्जिनमाथि उठ्दा च्यापिएर महतोको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंसिर १०, २०७८ शुक्रबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।