चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

झापाः जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। चिया टिप्दै गरेका मजदूर भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर)को जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको हो। 

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

मंसिर १०, २०७८ शुक्रबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।