आजबाट 'ए' डिभिजन लिगमा दोश्रो चरणका खेल हुँदै

आजबाट 'ए' डिभिजन लिगमा दोश्रो चरणका खेल हुँदै

काठमाडौंः आजबाट शहीद स्मारक 'ए' डिभिजन लिगको दोश्रो चरणका खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा थ्री स्टार र सातदोबाटो युथ क्लब भिड्दैछन्।
 

 

खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। पहिलो चरणको खेलमा जित हासिल गर्दै थ्री स्टार शीर्ष स्थानमा रहेको थियो। यता सातदोबाटोले बराबरी गर्दै पहिलो चरण सकेको थियो।

यस्तै आजै संकटा र फ्रेन्डस् क्लब पनि भिड्दैछन्। यी दुई टोलीबीचको खेल अपराह्न ४:४५ बाट सुरु हुनेछ।

मंसिर १०, २०७८ शुक्रबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।