काठमाडौंको रामकोटमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौंः बिहीबार साँझ काठमाडौंको रामकोटमा ट्याक्टरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा नागार्जुन नगरपालिका-६ मा बस्दै आएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का २० वर्षीय विशाल तामाङ रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मनमोहन अस्पताल सीतापाईलामा हिजो साँझ मृत्यु भएको हो। साँझ सवा ६ बजे पैदल हिँडिरहेका उनलाई भीमढुङाबाट सीतापाईलातर्फ आउँदै गरेको ना७त ३८५१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
ठक्कर दिने सवारी साधन सहित चालकलाई प्रहरी वृत स्वयम्भूले नियन्त्रणमा लिएको छ।
मंसिर १०, २०७८ शुक्रबार ०९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।