३० भन्दा बढी जिल्लामा आज कांग्रेसको अधिवेशन

३० भन्दा बढी जिल्लामा आज कांग्रेसको अधिवेशन

काठमाडौंः नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत आज ३० भन्दा बढी जिल्लामा अधिवेशन हुँदैछ। दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए।

रसुवाबाहेक एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ। तर गोरखाबाहेक एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको भने जिल्ला अधिवेशन हुन बाँकी रहेको थियो।

यस्तै आज चितवन र अछाममा भने अधिवेशन नहुने भएको छ। चितवनमा एमालेको महाधिवेशनका कारण कांग्रेसको अधिवेशन प्रभावित भएको हो भने अछाममा अनिश्चिकालका लागि अधिवेशन स्थगित भएको छ।

मंसिर १०, २०७८ शुक्रबार ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।