कांग्रेस अछामको जिल्ला अधिवेशन अनिश्चित

कांग्रेस अछामको जिल्ला अधिवेशन अनिश्चित

अछामः नेपाली कांग्रेस अछामको जिल्ला अधिवेशन अनिश्चित बनेको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर १को निर्वाचनपछिको मतगणना अवरुद्ध भएसँगै आज हुने भनिएको जिल्ला अधिवेशन अनिश्चित भएको हो।

नेपाली कांग्रेस, जिल्ला कार्यसमिति अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले एक सूचना जारी गर्दै अधिवेशन आज नहुने बताएका हुन्।

सूचनामा भनिएको छ, 'जिल्ला अधिवेशन स्थगित गरिएको हुँदा अर्को सूचना जारी  नभएसम्म सदरमुकाम मंगलसैन नआउन जिल्ला सभापति श्री भरतकुमार स्वार ज्यूको निर्देशनअनुसार जिल्लाभरका सबै प्रतिनिधि ज्यूहरूलाई सूचित गरिन्छ। जिल्ला अधिवेशनको मिति तय भएपछि जिल्ला अधिवेशनका समेत प्रतिनिधि हुने सबै क्षेत्रीय प्रतिनिधि ज्यूलाई सार्वजनिक सूचनाका माध्यमबाट जानकारी गराइनेछ।'

आज चितवन र अछामसहित देशका थुप्रै जिल्लाहरूमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुने तालिका थियो।

मंसिर १०, २०७८ शुक्रबार ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।