झापाबाट ब्राउनसुगरसहित सात जना पक्राउ
झापाः जिल्लाको भद्रपुरबाट लागूऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। भद्रपुर नगरपालिका–७ को वडा प्रहरीको टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरूलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूका साथबाट चार ग्राम ६१० मिलीग्राम ब्राउनसुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु, मे८प ९७०१ र को३८प ९०२८ नंको मोटरसाइकल बरामद गरिएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंसिर १०, २०७८ शुक्रबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।