एमाले महाधिवेशनका कारण कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित
चितवनः नेपाली कांग्रेसको चितवन जिल्ला अधिवेशन स्थगित भएको छ। आजबाट सुरु हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगित भएको हो।
एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले बताए। “यातायात र कार्यकर्ताको बसाईंमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिन पछि सार्ने निर्णय भएको छ”, उनले भने।
योसँगै चितवनको जिल्ला अधिवेशन मङ्सिर १६ र १७ गते हुने सात प्रदेशको अधिवेशनपछि मात्रै हुने भएको छ।
मंसिर १०, २०७८ शुक्रबार ०७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।