कैलालीको लम्कीमा महिलाको मृत्युपछि तनाव : भिड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार
ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले जानकारी दिए।
स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्याँस प्रहार गरेको छ।
प्रदर्शनकारीले ट्रकमा आगो लगाएका छन्। अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ। मृतक महिलाको नाम खुलेको छैन।
मंसिर ९, २०७८ बिहीबार १८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।