सर्वोच्चमा बस्यो पूर्ण बैठक, मंसिर १५ गतेबाट गोला प्रथाबाट पेसी तोक्ने निर्णय

सर्वोच्चमा बस्यो पूर्ण बैठक, मंसिर १५ गतेबाट गोला प्रथाबाट पेसी तोक्ने निर्णय

बिहीबार बसेको पूर्ण बैठकले मङ्सिर १५ गतेदेखि गोला प्रथा विधिबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले जानकारी दिए। 

संशोधित नियमावली अनुसार पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिनेछ। निर्देशन समितिमा प्रधानन्यायाधीश सहित दुई जना वरिष्ठतम न्यायाधीश रहने छन्।

गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने प्रक्रियाका लागि केही तयारी गर्नुपर्ने भएकाले मङ्सिर १५ गतेदेखि मात्रै कार्यान्वयनमा आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै भद्र अवज्ञा आन्दोलनमा रहेका न्यायाधीशहरू गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था लागु हुनेभएपछि नियमित इजलासमा बस्न थालेका छन्।

तर, न्यायाधीशहरूको आन्दोलनमा समर्थन जनाउँदै कार्तिक १४ गतेदेखि आन्दोलन गरेको नेपाल एसोसिएसनले भने बिहीबार नै रामशाहपथदेखि बालुवाटारसम्म मार्च पास गरेको छ। 

मंसिर ९, २०७८ बिहीबार १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।