३२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न

३२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत हालसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। बाँकी जिल्लामा शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवाबाहेक सबैमा पार्टीको जिल्ला अधिवेशन भएको छ। यस्तै मतपरिणाम आउने क्रम पनि जारी रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए।

यसैगरी १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये हाल १२२ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएको र बाँकीमा अधिवेशन हुने क्रममा रहेको छ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन्। हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जना र बढीमा २७ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ।

मंसिर ९, २०७८ बिहीबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।