नवलपरासीमा बस दुर्घटना हुँदा १० जना घाइते

नवलपरासीमा बस दुर्घटना हुँदा १० जना घाइते

नवलपरासी(पश्चिम): जिल्लाको बर्दघाट नगरपालिका-४ एसमोडमा आज बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ८१३८ नम्बरको बस आज बिहान ६ बजे अनियन्त्रित भई नालामा पल्टिएको हो।

घाइते भएका बसका चालकसहित बसमा सवार १० जनालाई उपचारका लागि सामुदायिक अस्पताल चिसापानी पठाइएको छ।

यस्तै चितवनको राप्ती नगरपालिका-२ श्रीदेवीचोकमा हिजो बेलुकी बलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका-६ का ४५ वर्षीय रघुनाथ श्रेष्ठको उपचारको क्रममा कलेज अफ मेडिकल साईन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो।

भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१च १२७५ नम्बरको बलेरो गाडीले हिजो बेलुकी सवा ७ बजे उनलाई ठक्कर दिएको हो। जीप चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

मंसिर ९, २०७८ बिहीबार १०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।