घाँटी रेटिएको अवस्थामा ८० वर्षीय वृद्धको शव फेला

घाँटी रेटिएको अवस्थामा ८० वर्षीय वृद्धको शव फेला

सप्तरीः जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा ८० वर्षीय वृद्धको शव फेला परेको छ। घाँटी रेटिएको अवस्थामा बुधबार सोही स्थानका मिश्रिलाल मण्डलको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबारै शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ।

घटनास्थलमा प्रहरी टोलीले धारिलो हतियार प्रहार गरी घाँटी रेटेको देखिएको तर हालसम्म केही नखुलेको बताएको छ। प्रहरीले यससम्बन्धमा थप अनुसन्धान गर्ने भएको छ।

मंसिर ९, २०७८ बिहीबार ०८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।