कांग्रेस महाधिवेशन: रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा गुरुङ

कांग्रेस महाधिवेशन: रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा गुरुङ

रुपन्देहीः नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं.३ को क्षेत्रीय सभापतिमा पार्टी सुशील गुरुङ विजयी भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा समूहका गुरुङको प्यानल नै विजयी भएको हो।

क्षेत्रीय सभापतिमा निर्वाचित गुरुङ १३५ मतान्तरले विजयी भएका छन्। पार्टीको संस्थापन समूहबाट निर्वाचित गुरुङले ३७७ मत प्राप्त गरेका थिए भने रामचन्द्र पौडेल समूहका उम्मेदवार मातृका यादवले २४२ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए। त्यस्तै अर्का उम्मेद्वार महेन्द्रप्रसाद यादवले ४ मत प्राप्त गरे।

सचिव पदमा भवानीप्रसाद शर्मा र लेखनाथ भट्टराई निर्वाचित भएका छन्। त्यस्तै सहसचिव पदमा प्रेमसागर चौधरी र कुलप्रसाद न्यौपाने निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिमा पनि सबै देउवा समूहका उम्मेदवार विजयी भएका छन्।

मंसिर ९, २०७८ बिहीबार ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।