प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपात
काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले नेपालका प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरूका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै आज राति पनि यही मौसमी प्रणाली जारी रहनेछ।
यस्तै देशभर चिसो बढ्ने क्रममा रहेको हुँदा सतर्कता अपनाउन समते महाशाखाले अनुरोध गरेको छ।
मंसिर ९, २०७८ बिहीबार ०७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।