ज्यान मुद्दामा जेल परेका बालकृष्ण ढुङ्गेल एमालेको महाधिवेशन प्रतिनिधि
काठमाडौँ : ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका बालकृष्ण ढुङ्गेल एमालेको महाधिवेशन प्रतिनिधि बनेका छन्।
एमाले स्थायी कमिटीले मनोनयन गरेका १०३ जना महाधिवेशन प्रतिनिधिमा ढुङ्गेल पनि परेका हुन्।
एमालेको महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका ढुङ्गेल ओखलढुङ्गा जिल्ला अदालतको फैसलाका आधारमा साढे सात वर्ष जेल बसेका थिए। उनी माओवादीबाट सांसद समेत बनेका थिए।
ढुङ्गेल गणतन्त्र दिवसका अवसरमा केपी ओली सरकारको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि २०७५ जेठ १५ गते डिल्लीबजार कारागारबाट जेल मुक्त भएका थिए।
सर्वोच्च अदालतले हत्या अभियोगमा जन्मकैदको सजाय पाएका तत्कालीन माओवादीका नेता एवम् पूर्वसांसद ढुङ्गेललाई बाँकी कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
उनी पछिल्लो पटक २०७४ कार्तिक १४ गते ललितपुरको सातदोबाटोबाट पक्राउ परेका थिए।
मंसिर ८, २०७८ बुधबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।