ओलीले काँग्रेसलाई सम्झाए : होसियार, प्रचण्डले भ्याइदिन्छन्

ओलीले काँग्रेसलाई सम्झाए : होसियार, प्रचण्डले भ्याइदिन्छन्

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्दै उनी सधैँ समस्या मात्रै थप्ने प्रवृत्तिका नेता भएको आरोप लगाएका छन्।

युवा सङ्घले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले समस्या समाधान गर्ने भन्दा पनि समस्या मात्र थप्ने नेता भन्दै उनले एमाले बिगार्न खोजेको तर नसकेपछि भागेको दाबी गरे।

प्रधानमन्त्री हुँदा राष्ट्रिय सेना आफ्नो मातहत हुँदाहुँदै पनि १९ हजार अर्को सेना राखेर समस्या बढाउन खोजेको भन्दै उनले सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसलाई प्रचण्डबाट सचेत गराउने प्रयास गरेका थिए।

उनले कार्यक्रममा भने' एमालेलाई बिगार्न खोजेका थिए। सकेनन्। भागे। काँग्रेस होसियार, प्रचण्डले भ्याइदिन्छन्।'

उनले जनताका छोराछोरीहरूले देशमा राम्रो शिक्षाको अवसर पाउन नसकेको तर प्रचण्डका नातिनीहरू बेलायतमा गएर पढिरहेको भन्दै आलोचना गरेका थिए।

'भरतपुरकी छोरीको पनि पढ्छिन् अर्कीको पनि। एकदम खुसीको कुरा हो। नातिनीहरूले राम्रो शिक्षा पाएका छन्। अरूका छोराछोरीलाई बरबाद गरिदिने, उल्क्याएर देशलाई द्वन्द्वमा फसाइदिने । कत्तिका कोख रित्तिए ? कतिका सिउँदो पुछिए ? के यो ठिक हो ? ’ उनले भने।

मंसिर ८, २०७८ बुधबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।