कांग्रेस डोल्पा र जुम्ला सभापतिमा संस्थापन पक्ष विजयी

कांग्रेस डोल्पा र जुम्ला सभापतिमा संस्थापन पक्ष विजयी

सुर्खेत : नेपाली कांग्रेस डोल्पा र जुम्लामा पनि संस्थापन पक्ष (देउवा) का उम्मेदवार विजयी भएका छन्।

डोल्पा जिल्लाको पार्टी सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले २३७ मत प्राप्त गरी विजय भएका हुन्।

सभापतिमा चार जनाले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये अंगदकुमार बुढाले १५८, गौरीशंकर उपाध्याय २३ र दुध कुमारी हमालले ११ मत प्राप्त गरेका छन्।

जिल्ला कार्यसमितिको उपसभापतिमा पूर्णबहादुर शाहीले २४४, र लव कुमार शाही २१०, सचिवमा दशरथ रोकायाले २५०, हिक्मतबहादुर शाहीले २४० मत प्राप्त गरी विजय भएका छन्।

यस्तै, सहसचिवमा सुरेन्द्रप्रसाद महत २६० र लक्ष्मण कुमार शाही २३१ मत ल्याएर विजयी भएका छन् भने जिल्ला कार्यसमिति सदस्यमा लक्ष्मी सार्की २०१, जलसरी बुढा (निर्विरोध), नरेन्द्र बुढा २०८, लालकुमारी थापा १९५, आइतुरुपा रोकाया २०६, तेजेन्द्रबहादुर रोकाया २५०, श्रीनारायण कार्की १८०, भैरबहादुर शाही २४१ र धनबहादुर रावतले २३९ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै नेपाली कांग्रेस जुम्लाको सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन्।

शाही ४७४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी पौडेल पक्षका सभापतिका उम्मेदवार दीपबहादुर शाहीले ४६९ मत ल्याएका छन्।

पाँच मतको अन्तरले संस्थापन पक्षीय शाही विजयी भएका छन्।

सभापति शाहीबाहेक अन्य पदाधिकारीमा पौडेल पक्षीय प्यानल नै विजयी भएको छ। 

महाधिवेशन प्रतिनिधिहरुको मतगणना गर्न बाँकी रहेको निर्वाचन समिति जुम्लाले जनाएको छ।

मंसिर ८, २०७८ बुधबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।