नागरिक लगानी कोषले ८४ जनालाई दियो एक करोड ६८ 

नागरिक लगानी कोषले ८४ जनालाई दियो एक करोड ६८ 

काठमाडौँ : नागरिक लगानी कोषले कोभिड-१९ को प्रकोपबाट मृत्यु भएकाको हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

कोभिडबाट मृत्यु हुनेहरूका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले जनही २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको कोषले ८४ जनाका हकवालालाई रकम भुक्तानी गरेको जानकारी दिएको हो। 

कोषका अनुसार हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

कोषले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक गरेको जनाएको छ।

चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफूलाई राहत पुगेको बताउनु भएको कोषले निकालेको विज्ञप्तिमा लेखिएको छ। 

मंसिर ८, २०७८ बुधबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।