कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ को सभापति बने जीवन खत्री
भक्तपुर : नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ को सभापतिमा जीवन खत्री विजयी भएका छन्।
प्रतिस्पर्धी उद्धव खड्का पराजित भए। सचिवमा समुद्र थापा र रविन कुमार केसी, निर्वाचित भए भने सहसचिवमा रामकाजी भुजु र राजेश्वर वन विजयी भए।
महाधिवेशन प्रतिनिधिमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल सर्वाधिक २५१ मत ल्याएर विजयी भए।
विनोद प्रकाश कायष्ठ, प्रवीण वन, बाबुराजा जोशी, जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोजकुमार थापा विजयी भएका छन्।
त्यस्तै राधा कार्की, सुभद्रा काफ्ले, रुपा थापा, सङ्गीता फुयाँल, सुरेश श्रेष्ठ, रत्नसुन्दर खाइतु, जीवन भुजु, केशव दुवाल, गोविन्द थापा र नवराज दाहाल विजयी भएका छन्।
यस्तै गङ्गालक्ष्मी अवाल, रजनी जोन्छें, रञ्जना कक्षपति र हरिकृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
मंसिर ८, २०७८ बुधबार ११:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।