कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी 

कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी 

बुटवल : नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन्।

प्रतिस्पर्धी इन्द्रमणि पौडेल र यादव प्रसाद घिमिरेलाई पराजित गर्दै रामचन्द्र पौडेल समूहका केशव श्रेष्ठ विजयी भएका हुन्।

श्रेष्ठले ७३१ मत प्राप्त गर्दा पौडेलले ३५२ र घिमिरेले ३०९ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। 

यस्तै पाल्पाको १ नम्बर क्षेत्रीय सभापतिमा झमन मगर र २ को सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन्। सभापतिमा मगरले ४८८ मत पाए भने उनका प्रतिस्पर्धी विष्णु बस्नेतले १०२ मत प्राप्त गरे। 

पाल्पा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा विजयी भएका जिसीले ४६० मत ल्याए भने प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गरेका छन्। 

पाल्पाको दुवै क्षेत्रको सभापतिमा रामचन्द्र पौडेल समूह विजयी भएको हो। 

मंसिर ८, २०७८ बुधबार ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।