जोर्ते भीर मर्मत गर्न दैनिक ११ घण्टा सडक बन्द
बुटवल : पाल्पा–गुल्मी सडक आज बुधबारदेखि हरेक दिन ११ घण्टा बन्द हुने भएको छ।
बिहान ११ देखि ३ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म यातायातका साधन चलाउन रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए।
पाल्पा हुँदै चल्ने सडक प्रयोगकर्तालाई जानकारी दिँदै प्रमुख लम्सालले जारी गरेको सूचनामा सुरक्षा समन्वय गरिदिन जिल्ला प्रहरी कार्यालय पाल्पालाई बोधार्थ पठाइएको छ।
जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कामको ठेक्का पाएको निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न यातायात बन्द गर्ने माग गरेको कार्यालयले उल्लेख गरेको छ। बुधबारदेखि १५ दिन मङ्सिर २२ गतेसम्म सडकमा यातायातका साधन चल्न नदिने जानकारी कार्यालयले गराएको छ।
सुरक्षा निकाय र एम्बुलेन्सका साधन भने चलाउन पाइनेछ।
मंसिर ८, २०७८ बुधबार १०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।