कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी
बैतडी : नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन्। बुधबार बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्दले ८०९ मत प्राप्त गरेर विजयी भएका हुन्। निर्वाचन समितिका अनुसार प्रतिद्वन्द्वी शिवराज भट्टले ४८९ मत प्राप्त गरे।
यस्तै उपसभापतिमा वीरबहादुर विष्ट र खगेन्द्रसिंह धामी विजयी भएका छन्। यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड विजयी भएका छन्।
एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उम्मेदवार विजयी भएका छन्।
मंसिर ८, २०७८ बुधबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।