बसले ठक्कर दिँदा माओवादीका केन्द्रीय सदस्य बन्जाडेको निधन
मंगलबार राति ९ बजेतिर बुटवलको जितगढिमा सडक दुर्घटनामा परेका बन्जाडेको आज बुधबार बिहान निधन भएको माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीले जानकारी दिए।
बुटवल बेलबास निवासी ५५ वर्षीय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रु बाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
बन्जाडे मोटरसाइकलको पछाडि बसेका थिए। बसको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा निधन भएको हो।
मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते छन्।
मंसिर ८, २०७८ बुधबार ०७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।