कुखुरा बोकेको बोलेरोको ठक्करबाट एक प्रहरीको मृत्यु, बिपी राजमार्ग अवरुद्ध 

कुखुरा बोकेको बोलेरोको ठक्करबाट एक प्रहरीको मृत्यु, बिपी राजमार्ग अवरुद्ध 

सिन्धुलीको कमलामाई नगरपालिकाको करकरेमा बा २ च ९२२६ नम्बरको बोलेरोले ना३६प ५७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको  घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बुढामगर पर्सा प्रहरी कार्यालयमा कार्यरत प्रहरी हुन्। 

मोटरसाइकल चालकको घटनास्थलमा मृत्यु भएपछि आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरेका छन्। उनीहरूले बिपी राजमार्गको करकरेमा प्रदर्शन गरेर राजमार्ग अवरुद्ध गरेका छन्। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाएको छ। 

मंसिर ७, २०७८ मंगलबार २२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।