कांग्रेस नेता शाहीको प्रस्ताव : समावेशीबाट प्रतिनिधित्व गर्नेलाई एक पटक मात्रै अवसर

कांग्रेस नेता शाहीको प्रस्ताव : समावेशीबाट प्रतिनिधित्व गर्नेलाई एक पटक मात्रै अवसर

कांग्रेस १४औँ महाधिवेशनमा रहेका बेला शाहीले ३० बुँदे प्रस्ताव सार्वजनिक गर्दै प्रजातान्त्रिक समाजवादलाई अझ समुन्नत बनाउन अनवरत प्रयास जारी राख्नुपर्ने बताए। 

कांग्रेसलाई वैचारिक रूपमा तिखार्दै जाने, साङ्गठनिक रूपमा रहेका समस्या हल गर्दै चुस्तदुरुस्त सङ्गठन निर्माण गर्ने र देश बनाउने गरी काम गर्नुपर्ने उनको धारणा छ। 

कांग्रेसका नेता कार्यकर्ता सहर केन्द्रित होइन गाउँ केन्द्रित हुनुपर्ने, शहीद परिवार तथा द्वन्द्वपीडित परिवारलाई उच्च सम्मान, पार्टीमा अवसर र उचित स्थानको ग्यारेन्टी गरिनुपर्ने, समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एक पटकभन्दा बढी अवसर नपाउने व्यवस्था लागू गर्नुपर्ने, पार्टीलाई व्यवस्थित, प्रशिक्षित र सङ्गठित गरेर हरेक गाउँ तहसम्म प्रशिक्षण अभियान चलाउनुपर्नेलगायत सुझाव शाहीले प्रस्तावमार्फत दिएका छन्। 

उनले पार्टीमा अग्रज नेताका योगदानको मूल्याङ्कन गर्दै युवाको ऊर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न युवा प्रतिनिधित्व बढाउनुपर्ने, पार्टीको सदस्य सङ्ख्याको आधारमा पार्टीको जिल्ला कार्यसमिति र केन्द्रीय कार्य समितिको आकार बढाउनुपर्ने, मुलुकमा आपत् विपत्, सङ्कट र महामारी परेको बेला जनताको दुःख र पीडामा साथ दिन ‘विपद्मा राहत कोष’ खडा गरेर सामाजिक सेवाको नेतृत्व कांग्रेसले गर्नुपर्ने सुझाव प्रस्तावमा उल्लेख गरेका छन्। 

मंसिर ७, २०७८ मंगलबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।