रुपन्देही क्षेत्र नम्बर २ को कांग्रेस अधिवेशन : मतगणना स्थलमा कुटाकुट
सोमवार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा अचानक विवाद सृजना भएपछि कुटाकुट भएको हो।
पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घ बहादुर केसी कुमारमाथि आक्रमण भएको पौडेल समूहको आरोप छ।
केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भई रहेको नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेले बताए।
गृहमन्त्री समेत रहेका बालकृष्ण खाँण पक्षले चुनाव हार्ने निश्चित भएको मतगणना स्थलमा कुटाकुट भएको कांग्रेसका स्थानीय नेताले बताएका छन्।
२ नम्बर क्षेत्रीय अधिवेशनका ४ सय मत गन्दा सभापतिमा काजीमान श्रेष्ठले १४२ ल्याएका थिए भने हरि लम्सालले २४३ मत ल्याएका थिए।
मंसिर ७, २०७८ मंगलबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।