कांग्रेस क्षेत्र नम्बर ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित
सचिवमा पुष्करराज पाण्डे र शङ्कर पुडासैनी, सहसचिवमा राज्यराज वन्त र उज्ज्वल पनेरु निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, देवरत्न डङ्गोल, बुद्धिमान बलामी, रवीन्द्रलाल श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मीनारायण मानन्धर, रोमन श्रेष्ठ र धर्मरत्न पाछे चयन भएका छन्।
महाधिवेशन प्रतिनिधि खस आर्य पुरुषतर्फ राजुराज जोशी, मोहनबहादुर बस्नेत र गोविन्द पाण्डे, खुला महिलातर्फ सपना राजभण्डारी जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सरिता श्रेष्ठ र लक्ष्मी पाण्डे निर्वाचित भएका छन्।
आदिवासी जनजाति महिलातर्फ छोरी डङ्गोल र कृष्णा अमात्य, दलित प्रतिनिधिमा महेश नेपाली निर्वाचित भएका छन्।
अपाङ्गता कोटामा विष्णुलाल श्रेष्ठ, खस आर्य महिला शोभा जोशी, जनजाति पुरुष सुदर्शनमान सिंह, मुस्लिम हरुण रसिद मुस्लिम, खस आर्य महिला अलिना बस्नेत र जनजाति पुरुषमा प्रचण्डदेव मानन्धर निर्विरोध निर्वाचित भएका थिए।
मंसिर ७, २०७८ मंगलबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।