आफ्नै छोरासहित दुई जनालाई एसिड प्रहार गर्ने पक्राउ

आफ्नै छोरासहित दुई जनालाई एसिड प्रहार गर्ने पक्राउ

सोलुखुम्बुः आफ्नै २५ वर्षीय छोरा समेत दुई जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। 

मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर ७, २०७८ मंगलबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।